डाईरीको पानाबाट जोनको कथा

211
  •  
  •  
  •  

८७ वर्षका जोन फर्नान सडकमा एक्लै हिँड्दै गरेको देखेँ ।

सेतो फुलेको दाह्री र टाउकोमा ह्याट राखेका देख्नमा यिनी जर्ज बर्नार्ड शा जस्ता मानेर मैले ’हेलो’ भने ।

उनी रोक्किए । आफ्नो दाहिने हात दिँदै ‘जोन फर्नान’ भने,’मैले ’लाल’ भने’ साँझको बेला थियो, हामीले हात मिलायौं र कुरा गर्न थाल्यौं ।

मैले हाम्रो बैठकमा आउन अनुरोध गरे । मैले सोधेँ ‘नाटककार जर्ज बर्नार्ड शालाई चिन्नु हुन्छ ?’

उनले भने ‘मैले उनको नाटक त पढेको छैन तर एउटा फिलिम हेरेको छु । ‘माई फेयर लेडी’ यो फिलिम जर्ज बर्नार्ड शाको नाटक ’पिग्म्यालियन’को कथामा आधारित छ ।

मलाई सम्झना भयो कुनै बेला वीरेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी साहित्य लिएर प्रविणता प्रमाण पत्र तह पढ्ने केहि विद्यार्थीहरूलाई पात्र बनाएर मैले पनि ‘पिग्म्यालियन’ नाटक क्यामपसको पाँच नम्बर हलमा मन्चन गराएको थिए ।
बडो उत्साहित भएर मेरो निर्देशनमा त्यो नाटक खेलेका थिए ।

छात्रछात्राले नाटक खेल्ने केहि पात्रहरू सम्झन्छु । हाल बेलायतमा व्यवसाय गर्दै आएका कृष्ण गुरुङले हिजिंगको रोल खेलेका थिए ।

नाटकको एउटा अहम पात्र डुलिटिलको भूमिकामा हाल बेलायतमै बस्ने कवि लेखक नाटककार गोपी सापकोटा थिए ।
जोन निकै रमाईला मान्छे रहेछन् ।

मैले उनको परिवारबारे सोध्दा उनले आफ्नो बिहेको घटना सुनाए ।
म र मेरी एउटै विश्वविद्यालयमा पढ्थ्यौं ।
उनी म भन्दा एक वर्ष जुनिअर थिइन ।

हामी एक अर्कालाई चिन्दथ्यौं । एक दुई पटक कलेज क्यानटीनमा संगै कफी पनि खाएका थियौं । म मेरीलाई मन पराउँथे ।

हिक्मत गरेर हाम्रो कलेज विदाई कार्यक्रमको दिन मैले उनलाई प्रस्ताव गर्दै भने ‘म तिमिलाई प्रेम गर्छु । मसँग बिहे गर्छेउ ?

उनले कत्ति बेर न लगाई भनिन् , ‘तीनवटा शर्त छन्,

एक– मेरो ग्रयाजुएसन् अर्को वर्ष सिद्धिन्छ ्र बिहे अनि मात्र
दोस्रो – म बिहान उठेर तिमीलाई कहिलै कफी वा चिया ल्याउँने छैन
तेस्रो – मलाई ८ सन्तान चाहिन्छन

अर्को वर्ष हामीले बिहे गर्यौं । हामी ५६ वर्षसँगै बस्यौं ।
उनले आठ सन्तान भनेकी थिइन् । हाम्रा नौ भए ।

हामी खुशी थियौं तर एकदिन हाम्री ९ वर्षकी कान्छी छोरी रुथको एउटा कार दुर्घटनामा मृत्य भयो । मेरीले आठ सन्तान भनेकी थिइन, आठै रहे ।

मेरी क्यान्सरकी रोगि थिइन । बडो दृढताका साथ यो रोगसँग लड्दै थ्रिइन तर रुथको मृत्यपछि उनले हिक्मत हारिन् ।
केहि समय पछी सदाका लागि विदा भईन् ।

मेरीलाई सडकमा हिँड्न निकै मन पथ्र्यो । उ र म सँधैजसो सँगसँगै सडकमा हिँड्थ्यौं । विगत पाँच वर्ष देखि म एक्लै हिँडीरहेछु ।

मैले सोधें अर्को बिहे गर्ने सोंच बनाएनौ ?

उनले भने, ‘मसँग एउटा मात्र मुटु छ ्र मुटुभित्र मेरीले बनाएको एउटा पवित्र घर छ ्र त्यहाँ अरुलाई राख्ने आँट गर्न सकिन ।’


  •  
  •  
  •