सोह्र श्राद्ध आजदेखि सुरू

561
  •  
  •  
  •  

gokarneshworकाठमाडौ, ११ असोज(ओएनएस) : आश्विन कृष्ण प्रतिपदा अर्थात् आजदेखी सोह्रश्राद्ध सुरू हुने दिन । यसलाई पितृ पक्ष पनि भन्ने गरिन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखी आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथीमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधीलाई सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गरिँदै आएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

सोह्र श्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धभर काठमाडौँको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर उत्तरगया धाममा श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ ।


  •  
  •  
  •