सोनीको मोबाइल किन्न अब समुन्द्रमुनि

577
  •  
  •  
  •  

speria-underwater-store-openedकाठमाडौ/ मंसिर(एजेन्सी) : सोनी कम्पनीले आफ्नो पहिलो एक्सपीरिया अण्डरवाटर स्टोर ‘एक्सपीरिया एक्वाटेक’ दुवईमा खोलेको छ । एक्सपीरिया ब्लगका अनुसार यस स्टोरको उद्धाटन ३ डिसेम्बरमा हुने भनिएपनि केही कारणले गर्दा एक दिन पछि सरेको थियो ।

speria-underwater-store-opened1सोनीको नयाँ मोबाइल स्टोर एक्वाटेक समुन्द्रको भित्र खोलिएको छ र यहाँ मोबाइल किन्नका लागि ग्राहकहरू समुन्द्रको १३ फिट तल जानुपर्ने हुन्छ । सोनीको यो अण्डरवाटर स्टोर दुबईमा समुन्द्रमुनी ४ मिटर तल बनाइएको छ । यो स्टोरमा मात्र भिआईपी गेष्ट, प्रतियोगीता विजेता र सञ्चारकर्मी जान सक्छन् । यो स्टोर मात्र तीन दिन खुल्ला रहन्छ, तर मार्केटिङका लागि यसलाइ निकै राम्रो बाटो भएको विज्ञहरू बताउँछन् ।

यो स्टोरमा जानका लागि ग्राहकले स्कूबा डाइभिङ्ग सुट लगाउनुपर्ने हुन्छ । केही भाग्यमानी प्रयोगकर्तालाई सोनीको तर्फबाट स्विमिङ पूलमा ट्रेनिङ पनि दिइदै छ । स्टोरभित्र जाने हरेक मानिससँग एक इन्ट्रक्टर पनि हुन्छ । जसले प्रयोगकर्तालाई एक्सपीरिया जेड ३ र जेड ३ कम्प्याक्ट स्मार्टफोन किन्छ उनीहरुका लागि वाटरप्रुफ केस पनि बनाइएको छ । speria-underwater-store-opened4

speria-underwater-store-opened3 speria-underwater-store-opened2 speria-underwater-store-opened5


  •  
  •  
  •