सोनीले विकास गर्यो २० गुणा बढी क्षमताको म्याग्नेटिक टेप

296
  •  
  •  
  •  

magnetic-tape
एजेन्सी : सोनी कम्पनिले पहिलेको भन्दा २० गुणा बढी सूचना राख्न सकिने म्याग्नेटिक टेपको विकास गरेको छ । यो प्रविधि क्लाउड कम्प्यूटिङ र आर्टिफिसियल इन्टेलिजेन्सका लागि आवश्यक र भरपर्दो हुनेछ ।

आइबिएम को ज्युरिक ल्याबोरेटरीसंगको सहकार्यमा तयार भएको उक्त प्रविधिले लगभग ३३० टेराबाइट सुचना स्टोर गर्न सक्नेछ जुन ८०००० चलचित्र स्टोर गर्न सकिने क्षमता हो ।

सोनी यस प्रविधिलाई व्यापारीकरण गर्ने तयारीमा छ तर कहिले गर्ने भन्ने घोषणा भने गरेको छैन ।

सोनीको नयाँ म्याग्नेटिक टेपमा विषेश प्रकारको लुब्रिकेन्टको प्रयोग गरिएको छ जसले प्रयोगलाई सहज बनाउने छ । यसका लागि आइबिएम रिसर्चले हेड सर्भो कन्ट्रोल प्रविधि र सिग्नल प्रोसेसिङ अल्गोरिथम विकास गरेको छ ।


  •  
  •  
  •