लीलाको अवतारमा सन्नी लियोन

281
  •  
  •  
  •  

सन्नी लियोन अभिनित फिल्म ‘इक पहेली लीला’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सन्नी लियोन भारतीय गेटअपमा देखिने भएकी छन्।
बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा सन्नी लियोन विभिन्नखाले गेटअपमा देखिएकी छन्। जसमध्ये एउटा एश्वर्या राय बच्चनको ‘ढोलतारो’ नामक गीतको गेटअप पनि समावेश गरिएको छ।
अप्रिल १० मा रिलिज हुने भनिएको यो फिल्म बोब्बी खानले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता जय भानुसाली, रजनीश दुग्गल र राहुल देव मुख्य भूमिकामा छन्।
पूजा भट्टको ‘जिस्म २’बाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले ‘ज्याकपट’ र ‘रागनी एमएमएस’मा अभिनय गरेकी छन्। जय भानुसालीले यसअघि ‘हेट स्टोरी २’ मा अभिनय गरेका थिए।

  •  
  •  
  •