भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

36
  •  
  •  
  •  

नयाँदिल्ली । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नियुक्त भएकी छन् । शनिबार बसेको कांग्रेसको कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो ।

कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठक सकिए लगत्तै जानकारी दिँदै सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत गरिएको बताए ।

बैठकपछि कांग्रेस महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन् ।

यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन् । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो ।


  •  
  •  
  •