सोनिया, राहुल, मनमोहनसहित कांग्रेस नेताहरू पक्राउ

238
  •  
  •  
  •  

sonia-gandhi-rahul-gandhiकाठमाडौँ, २४ बैशाख(एजेन्सी) : भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीसहित अन्य वरिष्ठ नेताहरूले शुक्रबार जन्तर-मन्तरबाट संसदसम्म ‘लोकतन्त्र बचाओ मार्च’ निकालेका छन् ।

मार्चपछि सभालाई सम्बोधन गरेपछि सोनिया, राहुल, मनमोहन, एके एन्टोनी र गुलाम नबी आजादले आफूलाई पक्राउ गराएका थिए ।

उनीहरूले संसद मार्गबाट चौकी लगिएको थियो । तर, केहीबेर पछि नै उनीहरू चौकीबाट छुटेर निस्किएका थिए र संसदतर्फ गएका थिए । संसद जाने बाटोमा धारा १ सय ४४ लगाइएको छ । त्यहाँ कुनै पनि मार्च निकाल्न पाइँदैन । प्रहरीले कांग्रेस नेताहरूलाई मार्च गर्नका लागि रोकेको थियो ।

तर, कांग्रेसका नेताहरूले मानेनन् र चौकीमा पुगेर आफूलाई पक्राउ गराए । यसको केहीबेरपछि नै चौकीबाट बाहिर आएर संसदतर्फ गएका छन् । लोकसभा र राज्यसभाका सबै कांग्रेस सांसदहरू मार्चमा सहभागी रहेका थिए ।


  •  
  •  
  •