आज सोनाम ल्होसार: तामाङ समुदायले मनाउँदै

112
  •  
  •  
  •  

काठमाडौं ७ माघ । आज सोनाम ल्होसार। आजदेखि भेँडा वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउदै छन्। बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायले आज आफ्नो सांस्कृतिक पर्व नयाँ वर्ष ल्होछार मनाउन लागेका हुन्।

तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने लाग्छ। ल्होछारका अवसरमा साथीभाई तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदान(प्रदान गर्ने गरिन्छ।

नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरूले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।

यसै सम्प्रदाय अन्तर्गतको तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन्। सरकारले ल्होछारका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ। सरकारले यस पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदा दिँदै आएको हो ।

यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले सोनाम ल्होसारका अवसरमा सबैलाई शुभकामना दिएका छन् । राष्ट्रपतिले शुभकामना सन्देश दिँदै विशेष गरी तामाङ समुदायले आफ्नो परम्पराअनुसार मनाउँदै आइरहेको सोनाम ल्होसारले आफ्नो समुदायको पहिचानलाई मजबुत बनाउन तथा हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच एकताको सूत्रमा बाँधी आपसी बन्धुत्वको भावना बढाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। यस्तै उपराष्ट्रपति परमानन्द झाप्रधानमन्त्री सुशील कोइरालाले पनि शुभकामना दिएका छन् ।


  •  
  •  
  •