नायक अक्षय कुमारकै बाटोमा सोनाक्षी

206
  •  
  •  
  •  

काठमाडौं, १ साउन (एजेन्सी) । बलिउड स्टार अक्षय कुमार र र्याप गायक यो यो हनी सिंहपछि अव वर्ल्ड कबड्डी लीग (डब्ल्यूकेएल) मा सोनाक्षी सिन्हा पनि जोडिएकी छिन् ।
सोनाक्षीले युनाइटेड सिंह नामको कबड्डी टोली किनेकी छिन् । दबंग गर्ल सोनाक्षीले ब्रिटेनको हेयरे ग्रुपसँग यो कबड्डी टोली किनेकी हुन् । उल्लेखनीय छ की डब्लूकेएलको सुरूवात ९ अगस्त २०१४ देखी लण्डनमा सुरू हुँदैछ भने समापन भारतमा हुनेछ । सोनाक्षी खेलकुदसँग जोडिएको यो पहिलो पटक हो ।

यहाँ मीडिया र प्रशंसकसँगको कुराकानीमा सोनाक्षीले भनेकी छिन्, ‘म वर्ल्ड कबड्डी लीगको हिस्सा बनेर निकै उत्साहित छ । यो मेरो यस प्रकारको पहिलो प्रयास हो । कबड्डी तिव्र गतिमा चल्ने खेल हो र म लिगको हरेक गतिविधीमाथी नजर राखिरहेको छ ।’
डब्लूकेएलका आयुक्त परगत सिंहले भने, ‘वर्ल्ड कबड्डी लीगलाई विभिन्न सुपरस्टारहरूबाट मिलेको समर्थनबाट हामीहरू निकै उत्साहित भएका छौ । सोनाक्षी पनि यस खेलमा जोडिएपछि लीगमा चार चन्द्रमा लागेका छन् ।’
डब्ल्युकेएलको खेलमा कबड्डीको सर्कल पद्धती अनुसार खेलिने छ । यो खेल विश्वको २६ वटा देशमा निकै लोकप्रिय छ ।


  •  
  •  
  •