एमालेका पूर्व अध्यक्ष खनालका छोरा राजनीतिमा आए

112
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालका छोरा राजनीतिमा आएका छन् । काठमाण्डौंमा सोमबार सकिएको युवासंघको बैठकले उनका छोरा  निर्भिक खनाललाई संघको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

बैठकले अन्य पाँच जनासहित निर्भिकलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । अमेरीका पढेर आएका पूर्व प्रधानमन्त्री खनालका छोराले एकैचोटी संघको केन्द्रीय सदस्यमा ठाँउ पाएका हुन् ।

अघिल्लो बैठकले केन्द्रीय सदस्यमा मनोनय गरेका पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमका छोराले पनि सोमबार नै सपथ लिएका छन् । संघको केन्द्रीय सदस्यमा वासु नेपाल, सञ्जीव झा, नेत्र भण्डारी, खडक शाही र हर्क शाही मनोनित भएको संघले जनाएको छ


  •  
  •  
  •