ज्वाइँले अण्डकोषमा प्रहार गर्दा ससुराको मृत्यु

62
  •  
  •  
  •  

महोत्तरी, २१ पुस (ओएनएस) : महोत्तरीमा अण्डकोषमा गंभिर चोट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । महोत्तरीको मनरा गाविसमा सोमबार बिहान आफ्नै दाईका ज्वाइँले अण्डकोषमा प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको हो ।

अण्डकोषमा गंभिर चोट लागेपछि भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतको सीतामढी जिल्लाको रिगा शिवनगर घर भएका दाजुको ज्वाइँ विकास ठाकुर ससुराली मनरा आएका बेला सोमबार बिहान ३ बजेको समयमा सबैजना सुतिरहेका बेला काका ससुरा भरत ठाकुरको घरमा चोरी गर्न पसेका थिए ।

चोरी गर्दै गरेको अवस्थामा विकासलाई काका ससुरा भरतले रङ्गेहात पक्राउ गर्न खोज्दा विकासले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापश्चात् परिवारले विकासलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । छन् भने प्रहरीले विकासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ ।


  •  
  •  
  •