सोमपालले बनाए टि-२० मा नयाँ रेकर्ड

230
  •  
  •  
  •  

sompal kami1काठमाडौ, ८ मंसिर(ओएनएस) : श्रीलंकामा भएको हङकङविरूद्धको टि-२० प्रतिष्पर्धामा सोमपाल कामीले रेकर्ड नै कायम गरेका छन् । टोलीलाई खराब स्थितिबाट उकास्ने क्रममा उनले ४० रन जोडेपछि नयाँ रेकर्ड बनाएका हुन् । सोमपालले टि-२० प्रतियोगितामा १० नम्बरमा आएर सर्वाधिक रन जोड्ने किर्तिमान बनाएका हुन् ।

उनले १० नम्बरमा आएर ब्याटिङ गरेका थिए र ६ चौका र २ छक्काको मद्धतले ४० रन जोडेका थिए । उनीभन्दा अगाडि यो रेकर्ड अफगानिस्तानका अमिद हसनको नाममा थियो । उनले साउथ अफ्रिकाविरूद्ध सन् २०१० मा भएको टि-२० मा २२ रन जोडेका थिए । यस्तै, तेस्रो नम्बरमा पाकिस्तानका सइद अजमल रहेका छन् । उनले वेष्ट इण्डिजविरूद्ध सन् २०११ मा अविजित २१ रन जोडेका थिए । यस्तै, श्रीलंका फर्नाण्डोले न्युजिल्याण्डविरूद्धको सन् २००६ मा खेलिए‍को खेलमा २१ रन जोडेका थिए र युएईका कमरान साजेदले जिम्बाब्बेविरूद्ध सन् २०१४ मा २१ रन जोडेका थिए ।

यस हिसाबले १० नम्बरमा आएर सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्, सोमपाल कामी । उनी दोस्रो स्थानका ब्याटस्म्यान भन्दा १८ रनले अगाडि छन् ।


  •  
  •  
  •  

Comments are closed.