सोमालियाको रेष्टुरेन्टमा आक्रमण, २० जनाको मृत्यु

203
  •  
  •  
  •  

somaliya attackकाठमाडौँ, ८ माघ(ओएनएस) : सोमालियामा भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिसु नजिकै समुन्द्री किनारमा रहेको एक रेष्टुरेन्टमा भएको आक्रमणमा २० जनाको ज्यान गएको हो ।

सोमालियाली सुरक्षाकर्मीका अनुसार रेष्टुरेन्ट सुरक्षाकर्मीको पूर्ण नियन्त्रण आईसकेको छ । बिहिबार ‘अल्लाहु अकबर’ भन्दै समुन्द्री किनारका तर्फबाट प्रवेश गरेका आक्रमणकारीले गोली प्रहार गर्दा रेन्टुरेन्टमा रहेका पाहुनाको मृत्यु भएको हो ।

रेष्टुरेन्टमा पसेका आक्रमणकारीले गोली प्रहार गर्नुका साथै बिस्फोट समेत गरेको समाचारमा जनाइएको छ । बिहिबार साँझ भएको आक्रमणपछि पुगेका सुरक्षाकर्मीले रेष्टुरेन्टका प्रत्येक कोठामा छिरेर पाहुनाहरूलाई बाहिर निकालेको समाचारमा उल्लेख गरिएको छ ।

आक्रमणकारीहरूले समुन्द्री किनारमा बसेर आनन्द लिइरहेका मानिसहरूलाई समेत गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै दी गार्जियनले जनाएको छ । इस्लामिक समूह अल-सबाबले उक्त घटनाको जिम्मेवारी लिएको छ ।


  •  
  •  
  •