सोमालियाको होटेलमा आक्रमण, स्वीजरल्याण्डका राजदुतसहित १५ को मृत्यु

189
  •  
  •  
  •  

somalia-hotel-attack2काठमाडौ, १४ चैत(एजेन्सी) : सोमालियाको राजधानी मोगादिशुको एक होटेलमा शुक्रबार अलशबाबका आतंककारीहरुको हमलामा १५ जनाको ज्यान गएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् ।

somalia-hotel-attack1उक्त हमलामा सोमालियाका लागि स्वीटजरल्याण्डका राजदूतको समेत मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेहरूमा स्थानीय नागरिक, होटेल गार्ड र सैनिक समेत रहेका छन् । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ६ हमलाकारी मारिएका छन् । अल-शबाब आतंकी समूह अलकायदासँग जोडिएको छ ।

somalia-hotel-attackसोमालियाली सुरक्षा अधिकारीहरुका अनुसार शहरको माका अल मुकरामा होटेल बाहिर एक कार बम विस्फोट भएको थियो । यसको केही समयपछि हतियारधारी आतंकवादी होटेलमा पसेका थिए । यो निकै उच्च सुरक्षा सतर्कता भएको क्षेत्र हो । सुरक्षा सतर्कता कडा हुँदाहुँदै पनि आतंककारीहरू आफ्नो प्रयासमा सफल भए । आतंककारीहरूसँग सुरक्षाकर्मीहरूको ३ घण्टा भिडन्त भएको थियो ।

एक अर्का अधिकारीका अनुसार मोहम्मद हसनले यो कारबाहीमा सबै आतंककारी मारिएका छन् र भवनलाई पूर्ण रूपले सेनाले कब्जा लिएको थियो ।

अल-शबाबका प्रवक्ता अब्दुल अजीज अबू मुसाबले हमलाको जिम्मेवारी लिएका छन् ।


  •  
  •  
  •