सोलु हाइड्रोइलेक्ट्रिकमा ९ बैंक तथा वित्तिय संस्थाले लगानी गर्दै

142
  •  
  •  
  •  

काठमाडौं, १२ असोज (ओएनएस) : अपर सोलु हाइड्रो कम्पनी प्रालीको सोलु हाइड्रोइलेक्ट्रिक आयोजनामा ९ बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् ।

आयोजनामा लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमवी बैंक, एभरेष्ट बैक, एनआइसी एसिया बैक, ग्लोवल आइएमी बैक, लुम्विनी बैक, सेन्चुरी कमर्सियल बैंक तथा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले वित्तिय कर्जा लगानी गर्न लागेका हुन् ।

आइतबार कम्पनी र यी ९ वित्तिय संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रबन्ध निर्देशक प्रविन श्रेष्ठ तथा बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरे ।

आईसीटी ग्रुप अन्तर्गतको आईसीटीसी इनर्जी प्रालिद्धारा प्रवर्द्धत सोलुको नेतृत्व प्रमुख कार्यकारी अधिकृत शशी सागर राजभण्डारीले गरेका छन् ।

आयोजनाको थालनी सन् २०१५ बाट गरिने बताइएको छ । ‘२०१५ लाग्ने वित्तिकै सुरु गर्ने तयारी गरिरहेका छौं’ प्रवन्ध निर्देशक श्रेष्ठले भने । आयोजना आगामी २०१८ को जुलाइबाट सञ्चालनमा आउने उनले जानकारी दिए । २३ दशमलव ५ मेगावाट क्षमताको आयोजनाबाट १ सय ३२ दशमलव ५२ गिगावाट आवर विद्युत उत्पादन हुने छ ।

table
आयोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र लगानी रकम

आयोजना निर्माण गर्न ४ सय १० करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ । यसमध्ये ७५ प्रतिशत कर्जा तथा २५ प्रतिशत प्रवर्द्धकले स्वपुँजी लगानी गरेका छन् । आयोजनामा आइसीटीसी समूहको ८० प्रतिशत र ब्लु इनर्जी लिमिटेडको २० प्रतिशत स्वामित्व छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०१३ मा विद्युत खरिद सम्झौता (पीपीए) मा हस्ताक्षर गरेको थियो । उर्जा मन्त्रालयले अपर हाइड्रो इलेक्ट्रिक कम्पनीलाई सन् २०१४ मा विद्युत उत्पादन अनुमतिपत्र दिएको थियो ।

 

 


  •  
  •  
  •