लोडसेडिङ अन्त्य गर्न सोलारमा लगानी : विज्ञहरु

535
  •  
  •  
  •  

काठमाडौं,२५ असार(ओएनएस)। निजी लगानीकर्ताले हिँउदमा लोडसेडिङ अन्त्य गर्न सोलार पावरमा लगानी गर्नुपर्ने विज्ञहरुले बताएका छन् । नेपालमा निर्माणाधीन धेरै जसो जलविद्युत ‘रन अफ द रिभर’ मा आधारित रहेका छन् ।

त्यहाँबाट बार्षायाममा मात्र पुग्दो विजुली उत्पादन भएको हुँदा सोलारलाई प्रबद्र्वन गर्नुपर्ने उनीहरुले बताए ।
बुधवार राजधानीमा आयोजीत ‘उर्जा सङ्कट अन्त्य तथा औद्योगिक र व्यवसायीक प्रयोगका लागि सोलार पिभि सिष्टमबाट विद्युत उत्पादन’ विषयक कार्यशालामा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले भने ‘बुढी गण्डकी,नलसिंगाढलगायत जलाशययुक्त परियोजना पुरा हुनु अघि नै लोडसेडिङ अन्त्य गर्न पर्छ ।’ यस्ता लोडसेडिङको अन्त्य गर्न निजी क्षेत्रको लगानीमा सोलार परियोजना सञ्चालन हुन आवश्यक छ ।
त्यस अघि नै निजी क्षेत्रले प्रबद्र्वन गरेको सोलार आयोजनालाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन उनले दिए । साथै सोलार प्रणालीमा नयाँ प्रविधि भित्रिसकेको हुँदा क्रमशः यो सस्तो बन्दै गएको उनले बताए ।
सो अवसरमा इन्जिनियरिङ अध्ययन सस्थान पुल्चोकका प्राध्यापक डा.अमृतमान नकर्मीले नेपालमा आयात भएको कुल पट्रोलियममध्ये १७ प्रतिशत उर्जा उत्पादनमा खपत भएकोले सोलारलाई जतिसक्दो चाँडै प्रवद्र्वन गर्नुपर्ने बताए । कार्यशालाको ह्वाइट लोटस सेन्टर र वैकल्पिक उर्जा प्रबद्र्वन केन्द्र (एइपिसी)ले आयोजना गरेको हो ।


  •  
  •  
  •