राजधानीका सडकमा धमाधम सौर्य बत्ती जडान गरिदै

339
  •  
  •  
  •  

  काठमाडौं , २१ असोज (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाभित्र सौर्य बत्ती जडान कार्यलाइ तिव्रता दिएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आसन्न १८ औँ शिखर सम्मेलनलाई लक्षित गर्दै सो कार्यलाई तिव्रता दिइएको प्राधिकरणले जानकारी दिएको छ ।

सम्मेलन अगावै राजधानीका अधिकांश मुख्य सडकमा सौर्य बत्ती जडान गरिने लक्ष्य रहेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले हाल बानेश्वर, सुन्धारा, भद्रकालीलगायतका क्षेत्रमा सौर्य वत्ती जडान गरीसकेको छ । हाल जडान भएका बत्तीको क्षमता ४० वाट रहेको छ । योजना अनुसार करिब १ हजार ६ सय बत्ती जडान गर्ने लक्ष्य रहेको छ ।

सौर्य बत्ती जडानपश्चात लोडसेडिङमा समेत राहत मिल्ने  छ ।


  •  
  •  
  •