सौर्य तुफान पृथ्र्वीतर्फ आउँदै

133
  •  
  •  
  •  

काठमाडौं, २८ (एजेन्सी) : सौर्य तुफान पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् । आज शनिबार कुनै पनि बेला सूर्यबाट निस्केको यो तुफानले पृथ्वीलाई आफ्नो चपेटमा लिन सक्ने बताइएको छ । वैज्ञानिकहरुका अनुसार यो सौर्य तुपाmनले मानव समूदालाई कुनै असर भने नपर्ने जनाइएको छ । तर, स्मार्टफोन र वाई–फाई कनेक्शन यो तुफानले डिस्कनेक्ट गर्न सक्ने छ ।

कसरी उठ्यो तुफान
प्राकृतिक रुपमा सूर्य ग्यासको एक गोला हो । यसमा ९२ दशमलय १ प्रतिशत हाइड्रोजन ७ दशमलव १ प्रतिशत हीलियम ग्यास छ। सूर्यमा म्याग्नेटिक वा चुम्बकीय गतिविधि भइरहन्छन् । र औशत ११ वर्षको अन्तरालमा यस्ता गतिविधि चरम विन्दुमा हुन्छन् । जसलाई सोलार साइकल भनिन्छ । जब गतिविधि चरम विन्दुमा हुन्छन् त्यो बेला अर्बौं टन तातो ग्यासका झोक्का पृथ्र्वीतर्फ वायुमम्डलमा प्रवेश गर्छन । साथै सूर्यमा आउने चार्ज प्राक्टिकलले वायुमण्डलमा चुम्बकीय आँधी सिर्जना गरिदिन्छ । अमेरिकी अन्तरिक्षक केन्द्र नासाका वैज्ञानिकहरुको भनाईअनुसार पछिल्ला दिनमा सूर्यबाट यस्ता दुई वटा तातो ग्यासका झोक्का वायुमण्लतर्फ आएका छन् । ती तातो ग्यासका झोक्का पृथ्वीतर्फ आइरहेका छन् ।

कस्तो पर्छ प्रभाव ?
यो सौर्य तुफानको विषयलाई लिएर जानकार त्यति निश्चित देखिएका छैनन् । उनीहरु पनि यसको पृथ्वीमा कस्तो असर पर्छ भन्नेबारे जानकार नरहेको देखिन्छ । अमेरिकी टीभी च्यानल सीएनएनका म्याटेरोलॉजिस्ट चाड मायर्सका अनुसार जबसम्म तूफान धरतीमा पुग्दैन तबसम्म ठिकसँग यस्तै हुन्छ भन्न सकिँदैन । उनले यसअघि आएका यस्ता तुफानले विजुली र रेडियो सञ्चारमा समस्या उत्पन्न भएको थियो ।

शनिबार आउने तूफान बिजलीको सप्लाई, मोबाइल फोन नेटवर्क र एटीएमलाई फेल गर्न सक्ने बताइएको छ । यो तुफानलाई फ्लाइटमा रेडियो संचारमा पनि नराम्रो असर पर्न सक्छ । आज केही फ्लाइट्स क्यानसिल पनि हुन सक्ने बताइएको छ ।

डराउनु पर्ने छैन
सौर्य तुफानबारे जानकारी राखिरहेका नासाका वैज्ञानिक डा. मधुलिका गुहाठाकुर्ताले मानवमा यो तुफानले केही असर पार्दैन । तर अंन्तरिक्ष यात्रिमाथि भने नकरात्मक असर पर्न सक्छ ।

यस्तो सौर्य तुफान २३ जुलाई, २०१२ मा पनि आएको थियो । त्यो बेला पनि रेडियो सिस्टममा समस्या उत्पन्न भएको थियो । सबैभन्दा ठूलो सौर्य तूफान १८५९ मा आएको थियो । त्यो बेला टेलीग्राफको तार शॉर्ट भएको थियो भने, घरमा आगो लागेको थियो ।


  •  
  •  
  •