बलिउड अभिनेता गोविन्दा नेपालमा

676
  •  
  •  
  •  

काठमाडौं । बिहीबारदेखि वीरगन्जमा शुरु हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सव ०७६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष विमल पौडेलले महोत्सवको उद्घाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले गर्ने जानकारी गराएका छन् ।

महोत्सवमा नेपाली चलचित्रका पुराना पुस्ताका शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, निर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खडका, पल शाह, केकी अधिकारी, सामाज्ञी राज्यलक्ष्मी शाहसम्मका अभिनेता अभिनेत्रीदेखि नेपाली चलचित्र क्षेत्रसँग जोडिएका अन्य विधाका हस्तीसमेत सक्रिय सहभागी हुनेछ ।

यसैबीच महोत्सवमा सहभागि हुन बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित काठमाडौं आइपुगेका छन् ।
उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् ।

नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग छोटो कुराकानी गरेका थिए ।


  •  
  •  
  •