‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट

85
  •  
  •  
  •  

काठमाडौं । ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट शुरु हुँदैछ ।  नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव–२०७६’ वीरगञ्जमा शुरु हुन लागेको हो ।

कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउनु नै महोत्सवको मुख्य उेद्देश्य रहेको निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्रबीचको दुरी कम गराइ यस चलचित्र उधोगप्रति लगानि आकर्षण गराउनु पनि यसको उदेश्य रहेको उनको भनाइ छ ।
चलचित्रको माध्यबाट पर्यटन प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन हुने भएकाले यो महोत्सवको आयोजना गरिएको अधिकारीको भनाइ छ । महोत्सव यही २३ गतेसम्म चल्ने छ ।

महोत्सवमा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायक, गायिका, बितरक, प्रदर्शक तथा पत्रकार हरुको बाक्लो उपस्थिति रहने छ । प्रदेश नम्बर २ बाट सुरु भएको यो महोत्सव सात वटै प्रदेशमा गर्ने बताइएको छ ।
महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् ।


  •  
  •  
  •