कोरोनाका कारण हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

103
  •  
  •  
  •  

काठमाडौं । विदेशमा कोरोना भाइरसका कारण समस्यामा परेका ७६ हजारबढी नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत् ३२ मुलुकबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका हुन् ।

केन्द्रका अनुसार सवैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन्। केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ ।


  •  
  •  
  •