व्यवसाय गर्न प्रेरित गर्ने ढंगले नीति नियम बनाउँदैछौं : मन्त्री विष्ट

382
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताएका छन् ।

१९ औँ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आईतबार बिहान काठमाडौंमा प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने बताए ।

अहिले दैनिक कामका लागि विदेशीने युवाहरुलाई लक्षित गर्दै सरकारले स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले आवश्यक नीति नियम बनाउन लागेको बताए ।

कार्यक्रममा व्यवसायीहरुले व्यवसायजन्य स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन माग गरेका थिए । श्रमिकको स्वास्थ्य लगायत कार्यस्थललाई सम्पुर्ण दृष्टिकोणबाट सुरक्षित बनाउने तर्फ सरकारका कार्यक्रमहरु केन्द्रीत हुनुपर्ने उनीहरुको जोड थियो ।


  •  
  •  
  •