चार समाजसेवी सम्मानित

269
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) पुण्यप्रसाद दाहाल स्मृति प्रतिष्ठानले गुरु पुर्णिमाको अवसर पारेर चार जना शमाजसेवीलाई सम्मान गरेको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले समाजसेवीहरु चन्द्रलाल दाहाल, शान्तिलाल दाहाल, योगेन्द्र प्रसाद खतिवडा र पुरुषोत्तम दाहाललाई सम्मान गरेको हो ।
स्वर्गीय पुण्यप्रसाद दाहालले अध्यापन गराएका ११जना विद्यार्थीमध्ये जिवित चार जनालाई सम्मान गरिएको प्रतिष्ठानका सदस्य नारायण दाहालले जानकाी दिए । विंस १९९७ सालमा ओखलढुंगाको बरुणेश्वर गाविस रामपुरमा स्थानीयले बनाएको सामुहिक पाठशालामा पंण्डित पुण्यप्रसाद दाहालले अध्यापन गराउँथे । दाहालले पहिलो चरणमा अध्यापन गरेका ११ जना विद्यार्थी मध्ये अहिले जिवित चार जनामात्र छन् । जिवित चारै जनालाई शनिवार सम्मान गरिएको हो ।


  •  
  •  
  •