स्ववियु निर्वाचन : मौन अवधि शुरु

32
  •  
  •  
  •  

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मौन अवधि शुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।

चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्वच्छ र शान्तपूर्ण बनाउन तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए । उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए । आउँदो ५ गते स्ववियु चुनाव हुँदैछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here