स्ववियु निर्वाचनको तयारीमा जुट्न आग्रह

132
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ ।

काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा संयोजक ऐन महरले सम्पूर्ण रूपले स्ववियु निर्वाचनमा होमिने राजनीतिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।

एकतापछि अनेरास्ववियु केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनेको छ ।


  •  
  •  
  •