काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ ।

सानो भ¥याङमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो ।
घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
घटना साँझ ७ बजेर ५५ मिनेट जाँदा भएको हो । विस्फोट आसपास क्षेत्रमा विप्लव समूहको पर्चा फेला परेको छ । उक्त पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।
विप्लव समूहले घटनाको जिम्मेवारी पनि लिएको छ । विप्लव समूहको पर्चामा ’शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको’ उल्लेख छ ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए ।