हिँऊ परेपछि जुम्लामा आपत्…(फोटोफिचर)

564
  •  
  •  
  •  

बिनोद शर्मा

काठमाडौ, १ पुस : विगत केही दिनदेखी जाडो निकै बढेको छ । जाडो बढेपछि उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिऊँ समेत पर्न थालेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ९ वर्षपछि जुम्लामा मंसिर महिनामै हिऊँ परेपछि त्यहाँका मानिसको जनजीवनमा प्रत्यक्ष असर गरेको छ ।

घरबाहिर निस्किन समेत गाह्रो भएको छ र दैनिक काम कारबाहीमा पनि असर गरेको छ । बाटो हिऊँले छोपिँदा सवारी साधनहरू समेत मर्कामा परेका छन् । हिऊँ पन्छाएर आफ्नो गन्तव्य जानुपर्ने अवस्था समेत छ ।

तर, यतिबेला परेको हिऊँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याऊ, ओखर लगायतका फलफूललाई पनि राम्रो गर्ने विज्ञहरूको भनाई छ । हिमाली जिल्लामा हिउँदमा सिँचाईको मुख्य स्रोत नै हिऊँ हो । जुम्लामा परेको हिऊँका केही दृश्यलाई सहकर्मी बिनोद शर्माले आफ्नो क्यामरामा कैद गरेका छन् । हेरौ केही दृश्यहरू…

snowfall at jumla1snowfall at jumla snowfall at jumla2 snowfall at jumla3 snowfall at jumla4 snowfall at jumla5 snowfall at jumla6


  •  
  •  
  •