हिउँले ढाकियो जुम्ला…(फोटोफिचर)

392
  •  
  •  
  •  

जुम्ला, ९ माघ(ओएनएस) : भारी हिमपातपछि जुम्ला हिउँले ढाकिएको छ । मंगलबार साँझदेखी बिहिबार बिहानसम्म लगातार जुम्लामा हिउँ परेपछि जीवन कष्टकर बनेको छ नै तर, हिउँ परेपछि स्थानीयहरू रमाइरहेका छन् ।

snow fall in jumla (5)हिउँमा खेल्ने र घरका छतमा जमेका हिउँ फाल्दै स्थानीहरू हिउँको मज्जा लिइरहेका छन् । हिउँ बिहिबार बिहानसम्म परेको भएपनि हिउँले अझै पनि जुम्ला ढाकिएको छ ।

snow fall in jumla (6)अत्याधिक हिउँ परेका कारण यातायात तथा हवाइ सेवा समेत अवरूद्ध बनेको छ । घरबाट बाहिर निस्केर हिड्न समेत अफ्ठ्यारो स्थिति छ । बाटो पनि हिउँले ढाकिएका कारण हिडडुल गर्न, काममा जानका लागि पनि समस्या भएको छ ।

तर, किसानलाई भने हिउँले फाइदा नै पुर्‍याएको छ । पानी नपरेको अवस्था हिउँ परेपछि सिचाईको काम हिउँले नै गरिदिने भएकाले स्थानीय कृषकहरू खुसी भएका हुन् । पानी नपरेका कारण सिचाँई अभावमा लगाएको खेती बिग्रने चिन्तामा रहेका कृषकहरू समेत हिउँ परेका कारण आफ्नो बाली सप्रनेमा विश्वस्त रहेका छन् ।

snow fall in jumla (7) snow fall in jumla (8) snow fall in jumla (9)

OLYMPUS DIGITAL CAMERA

snow fall in jumla (1) snow fall in jumla (2) snow fall in jumla (3) snow fall in jumla (4)

शब्द/तस्विर : केशव धिताल


  •  
  •  
  •