आज नाग पन्चमी, घरघरमा नागको पूजा गरिदै

1479
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस):  आज श्रावण् शुक्ल पञ्चमी । हिन्दु धर्मावलम्बीले घरका मूलढोकामा नाग टासेर नागको पूजाआजा गरी नागपञ्चमी मनाउदै छन् । यसरी नागको पूजा गर्नाले नागदेवता खुसी हुने, जुन घरमा नागको वास हुन्छ त्यहा लक्ष्मीको वास हुन्छ भन्ने धामिर्क विश्वासका रहदै आयको छ । नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ ।

आजको दिन घरका ढोकामा शेसनागमा शयन गरेका भगवान्को चित्र टासी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धामिर्क विश्वास रहेको छ । नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको µपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक, कुलीर, कर्कट र शङख नागको पूजा गरी दुबो, दूध, आदि चढाई धूपधुवा गर्ने तथा आङ्खना कुलनागका थानमा पनि विशेस µपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने प्रचलन रहिआएको छ ।


  •  
  •  
  •