धोनीलाई तगडा झड्का, स्मिथ फर्के घर

147
  •  
  •  
  •  

काठमाडौँ, २० बैशाख(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)मा पुणे सुपरजाइन्ट्सलाई अर्को झड्का लागेको छ ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको आईपिएल टोली पुणेले टोलीका उत्कृष्ट ब्याटस्म्यान तथा अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभन स्मिथलाई गुमाएको छ ।

स्मिथ चोटका कारण आईपिएलबाट बाहिरिएपछि धोनीको टिमलाई ठूलो झड्का लागेको छ । गत आइतबार मुम्बईविरूद्व भएको खेलमा चोटग्रस्त भएपछि उनी आईपिएलबाट बाहिरिएका हुन् । उनले शुक्रबार भएको खेलमा शतकीय पारी खेलेका थिए ।

यसभन्दा अगाडि पुणे सुपरजाइन्ट्सका अष्ट्रेलियाली खेलाडी मिचेल मार्श पनि चोटका कारण आईपिएलबाट बाहिरिएका छन् । उनका साथै केभिन पीटरसन, फाफ डु प्लेसिस पनि आईपिएलको यो संस्करण खेल्न सक्ने छैनन् ।


  •  
  •  
  •