पार्टनर धोका दिएको पत्ता लगाइदिने मोबाइल एप्लिकेशन

146
  •  
  •  
  •  

काठमाडौ, ६ साउन(एजेन्सी) । यदी तपाईलाई लाग्छ की तपाईको पति या ब्यायफ्रेण्डले तपाईलाई धोका दिइरहेको छ भने mcouple नामक एप्लिकेशनको मद्दत लिनुस् र चिन्ताबाट मुक्ति पाउनुस् ।

mcouple applicationयो स्मार्टफोनको नयाँ एप्लिकेशन जसको मद्धतले कुनै पनि व्यक्तिको अधिकांश जानकारी लिन सक्छ । लण्डनको एमस्पाई(mSpy) नामक कम्पनीले यस्तो ऐप्लिकेशन बनाएको हो । डेली मेलमा प्रकाशित खबर अनुसार यदी कुनै व्यक्ति आफ्नो संस्थानमा यस्तो एप्लिकेशन प्रयोग गर्छ भने यसले संस्थानको गोपनियता भंग हुने सम्भावना सबैभन्दा बढि हुन्छ ।

स्मार्टफोनमा यो एप्लिकेशनलाई डाउनलोड गरेपछि एकपटक आफ्नो पार्टनरको मोबाइलमा एप्लिकेशनलाई इनकमिङ र आइटगोईङ कल र म्यासेजमा राख्नुपर्ने हुन्छ । यसपछि यो एप्लिकेशनले आफ्नो काम सुरू गर्छ र तपाईको फोनसँग सम्बन्धित सबै जानकारी दिन्छ ।

यो एप्लिकेशनको मद्धतले तपाई आफ्नो पार्टनरको सोसल साइट जस्तै फेसबुक, स्काइपमाथि पनि नजर राख्न सक्छ । एप्लिकेशनको माध्यमबाट पार्टनरको फोटो र भिडियो समेत देख्न सकिन्छ ।

कम्पनीले यो एप्लिकेशनलाई खासगरी आमा-बाबुका लागि बनाएको हो, जसको माध्यमबाट उनीहरू आफ्ना बच्चाहरूको विभिन्न गतिविधीहरूको जानकारी लिन सकुन् । तर, यसको उपयोग धोका दिने पार्टनरको जानकारी लिन पनि प्रयोग गरिने छ ।


  •  
  •  
  •