काठमाडौ,५ पुस (ओएनएस) : संविधान प्रक्रियाबाट कि सहमतिमा जारी गर्ने भन्ने विवादमा ठूला दलहरुवीच मतभेद जारी रहेको बेला संविधानसभामा प्रतिनिधित्व गर्ने साना राजनीतिक दलहरुले सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन नहुने भन्दै प्रक्रियामा गएर भएपनि संविधानजारी गर्नुपर्ने बताएका छन् ।
तर सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले दुई तिहाईको दम्भ देखाउँदै प्रक्रियाबाट संविधान जारी गरे त्यसलाई जलाएर सडकबाटै अर्को संविधानजारी गर्ने चेतावनी दिए ।
शनिवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसारमा कतै पनि सर्व सहमतिमा संविधान जारी नभएको ठोकुवा गर्दै नेपालमा संविधान निर्माणको क्रममा प्रक्रियामा जान डराउनेहरु मुलुकको राजनीतिक गतिरोधका दोषी भएको दावी गरे ।
केसीले भने–‘संबाद समितिले धेरै नाटक गर्यो । अन्र्तबस्तुमा सहमति गरेर अब प्रक्रियाबाटै संविधान जारी गर्नु पर्छ ।
नेकपा मालेका महासचिव सीपी मैनालीले जनादेशलाई नमान्ने सक्रृण सोचका कारण सहमति हुन नसकेको दावी गर्दै दलगत संकृर्ण सोचबाट माथि उठ्न आब्हान गरे । उनले नेपाली काँग्रेस र नेकपा एमालेले ल्याएको नौ बुँदे साझा प्रस्ताव सकारात्मक तथा लोकतान्त्रिक प्रक्रियालाई स्विकार गरेकोले आफूहरुले मानेको स्पष्ट पार्दै मधेसवादीदलहरुले मधेसको बास्तविक एजेण्डा छाडेर जिमदारी र सामान्तवादी ब्यवहार गरिरहेको आरोप लगाए ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले दुई तिहाई बहुमतबाट संविधान जारी गर्न आफूहरु सकारात्मक रहेको भन्दै त्यसको लागि आफूहरुले प्रयास गरिरहेको बताए ।
राप्रपा नेपालका प्रमुख सचेतक दिनानाथ गिरीले दलहरु सत्ताको फोहोरी खेलमा लागेकोले संविधान बन्न नसकेको दावीगर्दै प्रमुख दलका शिर्ष नेताहरु जिम्मेवार हुननसकेको गुनासो गरे ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले दलहरुवीच विवादित विषयमा सहमति नखोजेसम्म आन्दोलनका उपलब्धिहरु सस्थागत हुन नसक्ने भन्दै पछिल्लो समयमा सत्तापक्षीय दलहरुले धम्क्याउन थालेको गुनासो गरे ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले शिर्ष नेताहरु जिम्मेवार नभएको र उनीहरुमा नेतृत्वको क्षमत ानभएको भन्दै मनमा एउटा र बाहिर अर्को कुरा गर्ने नेताहरुको चरित्रका कारण समस्या उत्पन्नभएको टिप्पणी गरे ।