फिलिपिन्सबाटै फेसबुकमा के लेखिन् नायिका साम्राज्ञी

482
  •  
  •  
  •  

२५ माघ: नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला विभिन्न कारणले मिडिया मार्फत चर्चामा आईरहेकी छिन् । फिल्म (ए मेरो हजुर २) को सफलता, आर्यनसँग फिल्म ‘कायरा’ मा गर्न १० लाख पारिश्रमिक र हालैमात्र बक्षस्थलको विभिन्न ठाउँमा खोपेको टयाटु काण्डले साम्राज्ञी मिडियामा भाईरल भएकी छिन चर्चाको पात्र बनेकी छन् ।

यसैबीच, केहीदिन अगाडि उनले पुराना निर्देशक एवं निर्माता अशोक शर्माको फिल्ममा गाउँले क्यारेक्टर भएपछि काम गर्न अस्वीकार गरेको भन्ने खबर सर्वत्र फैलियो । हाल फिलिपिन्समा आफ्नो नयाँ फिल्म ‘कायरा’ को सुटिङमा व्यस्त उनले यस विषयमा गहन रुपले मुख खोलेकी छिन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो स्टाटस लेख्दै आफूले गाउँले भएर फिल्म नगरेको भन्ने खबर निराधार रहेको बताएकी छिन् ।

उनले समाजिक संजाल फेसबुकमा लेखेकी छिन्, साम्राज्ञीलार्इ गाउँले मन पर्दैन भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत सन्देश दिन पुगेको कारण मेरा दर्शकहरुको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिकाहरु उत्तिकै प्यारा लाग्छन र ती भूमिकाहरु निर्वाह गर्न पाए मैले केही नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ । त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषालाई उत्तिकै सम्मान गर्ने मान्छे हुँ ।’

आफ्नो कामको चाप र समय अभावका कारण अफर आएका सबै फिल्ममा काम गर्न सक्ने अवस्था नभएको भन्दै उनले अगाडि लेखेकी छिन्, ‘स्क्रिप्ट मन परेको थियो, काम गर्ने टीम मन परेको थियो तर सबै कुरा मन परेर पनि समय अभावका कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिनँ ।’

उनले फेसबुकमा लेखेकाे जस्ताकाे त्यस्तै


  •  
  •  
  •