पोखरा, ३१ जेठ (ओएनएस) : एसएलसी परिक्षामा अनुतिर्ण भएपछि बागलुङको ग्वालिचौरकी एक छात्राले आत्महत्या गरेकी छन् । बागलुङको ग्वालिचौर गाउँ विकास समिति वडा नं ८ निवासी स्थानीय चेतनारायण घिमिरेकी छोरी बसन्ती घिमिरेले आत्महत्या गरेकी हुन ।
खार माध्यमिक विद्यालय ग्वालिचौरबाट रेगुलर तर्फबाट यस वर्षको एसएलसी परिक्षामा सहभागी उनले परिक्षामा आफु अनुतिर्ण भएको खबर पाएको केही समय पछि घरको सिरानतलामा चुन्डीको पासो लगाएर आत्महत्या गरेको प्रह्रीले जानकारी दिएको छ । अहिले उनको शवलाई पोष्टमार्टमको लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको छ ।