हात्तिपाइलेसँग लड्न खोज्दा एसएलसी छुट्यो

220
  •  
  •  
  •  

slcresultदाङ, ८ चैत(ओएनएस) : फाईलेरिया अर्थात हाक्तिपाईले रोग विरुद्धको औषधी सेवन गर्दा दाङमा एक परिक्षार्थीको एस.एल.सि. परिक्षा छुटेको छ ।

त्रिपुरनगरपलिका वडा नं ७ स्थित मा.वि हापुर बिजौरीबाट २०७१ सालको एस.एल.सि मा संलग्न हुने तयारीमा रहेकी छात्रा लिला पुन मगर नेपाल सरकारले यही फागुन २३, २४ र २५ गते संचालन गरेको हाक्तिपाईले रोग विरुद्धको औषधि सेवनबाट बिरामी हुँदा परिक्षा छुटेको पारिवारिक स्रोतले जनाएको छ । उनको अहिले काठमाडौमा उपचार भइरहेको परिवारले जनाएको छ ।

“राम्रो अंकका साथ पास हुने अपेक्षा गरिएकी पुन मगर परिक्षा दिनबाट वञ्चित हुनु पर्दा विद्यालय र अभिभावक दुवै पक्ष निरास भएका छौ ।” हापुर बिजौरीका प्रधानाध्यापक नुमाकान्त न्यौपानेले भने । विद्यालयको रेकर्डमा पुन मगर मेहनती, लगनशील, ईमान्दार र विद्यालयमा राम्रो अंकका साथ पास हुने विद्यार्थी भएको जनाईएको छ ।

“हामीहरूले सँगै २५ गते एकै दिन औषधी सेवन गरेका हौ” सहपाठि तथा त्रिपुर न.पा. वडा नं ७ स्थित मा.वि. निघुवारबाट एस.एल.सी. परिक्षामा संलग्न निर्मला डांगीले बताएका छन् । “म लाई केहि भएन, उनलाई बिरामी बनायो ।” सहपाठी बिरामी भएर परिक्षा दिन नपाउँदा आफूलाई नरमाईलो लागेको गीरीले बताइन् ।

मा.वि हापुर बिजौरीबाट २०७१ सालको एस.एल.सि मा संलग्न हुन लागेकी लिला पुन मगरको परिक्षा केन्द्र त्रिपुर नगरपालिका वडा नं ७ स्थित मा.वि. निघुवारमा तोकिएको थियो ।

रेगुलरतर्फ १२२ र एक्जाम्टेड तर्फ ८१ गरी जम्मा २०३ जना परिक्षार्थीरहेको मा रेगुलर तर्फ १ जना छात्रा लिला पुनमगर र एक्जाम्टेडतर्फ ४ जना गरी ५ जना अनुपस्थितरहेको केन्द्रका केन्द्राध्यक्ष कृष्ण प्रसाद गौतमले स्थलगत निरिक्षणको क्रममा जानकारी दिए ।


  •  
  •  
  •