प्राविधिक एसएलसीको नजिता प्रकाशन

84
  •  
  •  
  •  

काठमाडौं, १३ असार (ओएनएस) : प्रवेशिका परीक्षा (एसएलसी) को प्राविधिक तर्फको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार अपरान्ह नजिता प्रकासन गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयकाए ग्रेडमा ७७९, बीमा २१३१ सीमा १२४ डीमा १ जना उत्तीर्ण भए । ई ग्रेड कसैले पाएनन् । सी वा सीभन्दा तलकाे ग्रेड ल्याएका विद्यार्थीले ग्रेड चित्त नबुझेकाे विषयमा पुन: परीक्षा दिन पाउने छन् । पुरक परीक्षा साउन २० गतेदेखि सुरु हुने छ ।

परीक्षामा ३ हजार २ सय ७८ विद्यार्थीले भाग लिएका थिए ।  पहिलो पटक २०७१ मा प्राविधिक विषयको एसएलसी परीक्ष सञ्चालन भएको थियो । प्राविधिक तर्फको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक हुने भएकाले कोहि विद्यार्थी पनि अनुत्तिर्ण भएका छैनन् ।

प्राप्ताङकका आधारमा ‘ए’ देखि ‘इ’ सम्मको ग्रेडीङ गरिएको छ । ९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ‘ए प्लस’ पाउनेछन् । त्यस्तै ८० देखि ८९ प्रतिशत अंक ल्याउने परीक्षार्थीले ‘ए’ ग्रेड पाउने छन् । ६० देखि ७९ प्रतिशत अंक ल्याउनेले ‘बी’ ग्रेड, ४० देखि ५९ प्रतिशत अंक ल्याउनेले ‘सी’ ग्रेड, २५ देखि ३९ प्रतिशतसम्म अंक ल्याउनेले ‘डी’ ग्रेड र २५ भन्दा कम प्रतिशतको अंक ल्याउनेले ‘ई’ ग्रेड पाएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले अर्काे वर्षको एसएलसीदेखि सबै विद्यार्थीलाई गे्रडिङ प्रणाली लागू गर्ने जनाइसकेको छ । यसअघि अघिल्लो हप्ता प्राविधिक बाहेकको नजिता प्रकाशन गरिएको थियो ।


  •  
  •  
  •