पास भएँ की फेल

365
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ (ओएनएस): परीक्षा नियन्त्रण कार्यालयले एसएलसी २०७० को नतिजा आज सार्वजनिक गरेको छ । गत चैतमा लिएको एसएलसीको परीक्षामा ४३।९२ प्रतिशत परीक्षार्थी पास भए । एसएलसीमा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये यसवर्ष नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना परीक्षार्थी थिए । सोमध्ये नियमिततर्फ एकलाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन् ।

भक्तपुर सानोठिमीस्थित कार्यालयमा आज नतिजा सार्वजनिक गर्ने समयमा नतिजा हेर्ने र सुन्नेको भिड देखिएको थियो । फलामे ढोका मानिने एसएलसीको नतिजा सुन्न र हेर्न कार्यालय क्षेत्रमा व्यग्र प्रतिक्षा गरिरहेकाहरुको अवस्था यस्तो थियो ।

तस्विरहरु: कविन अधिकारी

IMG_5219 copy

IMG_5140 copy

IMG_5165 copy

IMG_5215 copy


  •  
  •  
  •