एसएलसीको नतिजा प्रकाशन, ४३.९२% परीक्षार्थी पास

91
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ (ओएनएस): परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले भक्तपुरले एसएलसीको नतिजा आज प्रकाशन गरेको छ । गत चैतमा लिएको एसएलसीको परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् । एसएलसीमा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये यसवर्ष नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना परीक्षार्थी थिए ।सोमध्ये नियमिततर्फ एकलाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन् ।

परीक्षाका लागि देशभरिमा एक हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । ५८ वटा विषयको परीक्षा सञ्चालन भएको एसएलसी परीक्षामा सबैभन्दा बढी काठमाडौमा ८६ केन्द्र रहेका थिए ।

प्रमुख परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार यो वर्ष विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तृतीय श्रेणीमा ३१ हजार ७ सय ४७ जना उत्तीर्ण भए । त्यसैगरी एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत पास भएका छन् ।

३ सय ७३ जनाको परीक्षा स्थगित गरिएको तथा २ सय ९२ जनाको परीक्षा रद्द गरीएको केन्द्रले जनाएको छ ।

नतिजा हेर्न www.onsnews.com मा लगइन गर्नुहाेस् ।

एसएलसी २०७० नतिजाको पुरा विवरण यहाँ उपलब्ध रहेकोछ ।

 

REGULAR_2070

 

EXEMPTED_2070

 


  •  
  •  
  •