अब एसएलसीमा कोहि हुँदैन फेल

527
  •  
  •  
  •  

slcresultकाठमाडौं, २५ मंसिर (ओएनएस) : अर्काे शैक्षिक सत्रबाट एसएलसी परीक्षा दिने सबै विद्यार्थी पास हुने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले अर्काे शैक्षिक सत्रबाट ग्रेडिङ प्रणाली लागु गर्ने भएपछि एसएलसीमा सहभागि सबै विद्यार्थी पास हुने भएका हुन् । परिक्षा नियन्त्रण कार्यालयका अनुसार यो बर्षदेखि प्राविधिकतर्फ र अर्काे बर्षदेखि सबै परिक्षमा ग्रडिङ प्रणाली लागु हुनेछ ।

परिक्षा नियन्त्रण कार्यालले ९० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्नेलाई ए प्लस (विशिष्ट), ८०–८९ प्रतिशत ल्याउनेलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रा), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ ल्याउनेलाई डी (कमजोर) र २५ प्रतिशत भन्दा कम ल्याउनेलाई ई (धेरे कमजोर) गेडिङ गर्ने निर्णय परिक्षा नियन्त्रण कार्यालले गरेको छ ।


  •  
  •  
  •