यस वर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता

171
  •  
  •  
  •  

काठमाडौँ, १८ मंसिर(ओएनएस) : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।

सानोठिमीले विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो । गत वर्ष एसएलसी परीक्षा चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेका अनुसार एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया सुरू भइसकेको छ ।

गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका केही जिल्लामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।


  •  
  •  
  •