प्रवेशिकाको पुरक परीक्षामा ६६.९३ प्रतिशत उत्तीर्ण

249
  •  
  •  
  •  

काठमाडौ, ३१ भदौ(ओएनएस) : प्रवेशिका परीक्षाको पुरक परीक्षामा ६६ दशमलब ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परिक्षा नियन्त्रण कार्यालयले आज परीक्षाफल प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।

परीक्षामा ८३ हजार ७८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसमध्ये छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् ।

गत साउन २० गतेदेखी ३० गतेसम्म भएको प्रवेशिकाको पूरक परीक्षामा १ लाख २४ हजार १ सय २८ परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये छात्रतर्फ ५५ हजार तीन सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना परीक्षार्थी रहेका थिए ।

२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।


  •  
  •  
  •