काठमाडौं १४ माघ । जनक शिक्षा सामग्री केन्द्रले एसएलसीको प्रश्नपत्र मंगलबारदेखि छाप्न थालेको छ । परीक्षा चैत ५ गते बाट हुँदैछ । परीक्षामा ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने अनुमान छ । परीक्षार्थी संख्या जिल्लाबाट रुजु हुने क्रममा रहेको र एक महिनामा प्रश्नपत्र छापिसकिने उपनियन्त्रक अनुपचरण श्रेष्ठले बताए । एसएलसीमा अनिवार्य ६ सहित ५४ विषयका प्रश्नपत्र छापिने छन् ।