एसएलसी चैत ५ देखि (परिक्षा तालिकासहित)

429
  •  
  •  
  •  

SLC-Board-Nepalकाठमाडौं, ४ मंसिर (ओएनएस) : यस वर्षको एसएलसी परीक्षा चैत ५ देखि हुने परिक्षा नियन्त्रण बोर्ड भक्तपुरले जनाएको छ । बोर्डको बिहिबार बसेको बैठकले एसएलसी चैत ५ देखि १६ गतेसम्म गर्ने निर्णय गरेको हो । सैद्धान्तिक परीक्षाको मात्र परिक्षा लिदै आएको बोर्डले यस वर्ष प्रयोगात्मक परिक्षा पनि लिने निर्णय गरेको छ । १३ गतेसम्म सौद्धान्तिक बिषयको परीक्षा हुने छ भने बाँकी तीन दिनमा प्रयोगात्मक परिक्षा हुनेछ । 

यस्तो छ एसएलसीको परीक्षा तालिका

चैत ५ गते अनिवार्य अङ्गे्रजी

चैत ६ गते अनिवार्य नेपाली

चैत ८ गते अनिवार्य गणित

चैत ९ गते अनिवार्य विज्ञान

चैत १० गते सामाजिक शिक्षा

चैत ११ गते स्वास्थ्य, जनसंख्या तथा वातारण शिक्षा

चैत १२ गते ऐच्छिक प्रथम

चैत १३ गते ऐच्छिक द्धितीय

चैत १४, १५, १६ प्रयोगात्मक परीक्षा


  •  
  •  
  •  

Comments are closed.