एसएलसी पूरक परीक्षा सम्पन्न, भदौ अन्तिममा नजीता

266
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) :  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले साउन २० गतेदेखि सञ्चालन गरेको एसएलसी पूरक परीक्षा सम्पन्न भएको छ ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षाको परीक्षाफल भदौको अन्तिम सातासम्ममा सार्वजनिक गरिने कार्यालयको तयारी छ ।

एसएलसीको पूरक परीक्षामा सहभागी भएका परीक्षार्थीलाई यसै वर्ष उच्च शिक्षा अध्ययन गर्न अवसर प्रदान गर्ने गरी ढिलामा भाद्रको अन्तिम सातासम्ममा एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएका थिए ।


  •  
  •  
  •