१९ असार, काठमाडौँ । हालै प्रकाशित भएको एसएलसी परीक्षको नतिजामा १३ हजार परीक्षार्थीले चित्त बनुझाएर परीक्षा नियन्त्रण कार्यालयमा पुर्नयोगका लागि आवेदन दिएका छन् ।
पुर्नयोगको लागि आवेदन दिनेमा अनुत्तिर्ण हुनेदेखि डिस्टिङसन ल्याउनेसम्म रहेका छन् ।
यस वर्षको एसएलसी परीक्षाको गत ३० जेठमा नतिजा सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयले चित्त नबुझेमा १५ असार सम्ममा पुर्नयोगका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
परीक्षा नियन्त्रक विष्णु द्वारेका अनुसार १५ असारसम्म झण्डै १३ हजारले नतिजामा चित्त नबुझाएर पुर्नयोगको आवेदन दिएको र क्षेत्रीय शिक्षा निर्देशनालयबाट समेत आउने क्रम जारी रहेको छ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षा अघि नै पुर्नयोगको नतिजा निकाल्ने तयारी गरेको छ ।
नयाँ पत्रिका दैनिक