यस वर्षको एएलसीमा ५ लाख ७२ हजार विद्यार्थी, मनाङमा ७४ मात्र

346
  •  
  •  
  •  

slcresultकाठमाडौं, १८ माघ  (ओएनएस) : आगामी चैत ५ गते सुरु हुने प्रवेशिका परिक्षा (एसएलसी) मा ५ लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख २७ हजार ८२ र आंशिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीष नियन्त्रण कार्यालयले भक्तपुरले जनाएको छ ।

परिक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौंमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षमा सहभागी हुने छन् । त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।

पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ ।

परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य तीब्र पारिएको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको पनि कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार चैत ५ गते पहिलो दिन अनिवार्य अङग्रेजी, ६ गते अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते विज्ञान, १० गते सामाजिक, ११ गते स्वास्थ्य, जनसङख्या तथा वातावरण शिक्षा, १२ गते ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दोस्रो विषयको परीक्षा हुनेछ । प्राविधिक शिक्षाको प्रयोगात्मक १६ गते हुनेछ ।


  •  
  •  
  •