काठमाडौं, ३१ जेठ (ओउनएस) : प्रवेशिका परीक्षा (एसएलसी)को पूरक परीक्षा आगामी साउन २० गतेदेखि सुरु हुने भएको छ ।
२०७० सालको एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षा दिई बढीमा २ विषयसम्म अनुर्त्तीण भएका परीक्षार्थीहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।
परीक्षा दिनका लागि आगामी साउन १५ गतेसम्म आवेदन फारम भरिसक्नुपर्ने समय तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
रद्द भएका परीक्षार्थीले भने परीक्षा दिन पाउने छैनन् ।