चिट चोराउन अग्ला पर्खाल यसरी चढियो (फोटो)

221
  •  
  •  
  •  

 
काठमाडौं ६ चैत ।
नेपालमा आजबाट एसएलसी परीक्षा सुरु भएको छ । एसएलसीको पहिलो दिन चिट चोराएको आरोपमा केही शिक्षकहरु समेत निष्काशित भएका छन् ।
खुलेआम चिट चोराउने मामिलामा भारतसँग जोडिएका सप्तरी, सिराहा र धनुषासहितका जिल्ला बदनाम छन् । यिनै जिल्लासँग सिमाना जोडिएको भारतको विहारमा खुलेआम चिट चोराएको शर्मनाक तस्बिर बिहीबार भारतीय अनलाइनहरुले सार्वजनिक गरेका छन् ।
नेपालमा जारी एसएसलीमा चिट चोराएका थोरै सुनिएका बेला बिहारमा भने चिट चोराउनैका लागि घरका अग्ला अग्ला पर्खाल नाघेका तस्बिर बाहिर आएका छन् । सुरक्षामा खटिएको प्रहरी र मर्यादा पालन गराउन खटिएका शिक्षककै अगाडि खुलेआम गाउँ नै उल्टिएर परीक्षार्थीलाई चिट चोराएका हुन् ।
त्यहाँ मंगलबारबा शुरु १० कक्षाको बोर्ड परीक्षाका परीक्षार्थीलाई चिट चोराउन अभिभावक, साथीभाइ र शिक्षकसहित गाउँ नै परीक्षा केन्द्रमा उल्टेको खबरले भारतीय सञ्चारमाध्यममा सनसनी मच्चिएको छ ।
बिहारको बैशाली र हाजिपुर जिल्लाका परीक्षा केन्द्रमा चिट चोराउन लागेको भीड कुनै मेला भन्दा कम थिएन । चिट चोराउने यो कामलाई भारतीय सञ्चारमाध्यमले शर्मनाक भनेका छन् ।
बिहारको वैशाली र हाजिपुर जिल्लाका दुईवटा परीक्षा केन्द्रमा कक्षा १० को बोर्ड परिक्षामा परिक्षार्थीका परिवारका सदस्य र साथीभाइले सुरक्षामा खटिएको प्रहरीकै अगाडि विद्यालयका अग्लाअग्ला पर्खाल नाघेर चिट चोराएपछि त्यसले देशभर हंगामा गरेको छ ।
प्रश्नपत्रको उत्तर बोकेर परिक्षार्थीका आफन्त र साथीभाइ परीक्षा हलमै पसेर चिट चोराउँदा पनि त्यहाँको सरकार मौन बसेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
शर्मनाक तस्बिर बाहिर आएपछि विहार राज्य सरकराले समेत राज्यमा निष्पक्ष परीक्षा गराउन सम्भव नै नभएको तथ्य स्वीकारेको छ । विहारका शिक्षामन्त्री पिके शाही स्वयम्ले बिहारमा निष्पक्ष परीक्षा असम्भव भएको स्विकारेका छन् ।
‘स्वतन्त्र र निष्पक्ष परीक्षा गर्न बिहार सरकारको लागि ठुलो चुनौती रहेको छ’, उनले भने, ‘यहाँ निष्पक्ष परीक्षा गराउन असम्भवप्राय छ ।’ बिहारमामात्रै १४ लाख भन्दा बढी विद्यार्थीले ८० हजार परीक्षा केन्द्रबाट कक्षा १० को बोर्ड परिक्षा दिइरहेका छन् ।
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •