सुन्दर रुपकुण्ड झिलमा बर्षौ देखि थन्किए मानव कंकाल

439
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (एजेन्सी) : भारतको उत्तराखंड स्थित ५ हजार मीटर भन्दा बढी उचाईमा रहेका पहाडहरु प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छन् । तर ति पहाडमा सयौं बर्षदेखि रहस्यका रुपमा रहेका मानव कंकालका बारेमा भने केही जानकारी सार्वजनिक हुन सकेको छैन् । रुपकुंड झीलका नाममा प्रचलित यि पहाडको खोजी सन् १९४२ मा ब्रिटिस नागरिक रेजरले गरेकाथिए ।

सो झीलमा बरफ पग्लने वित्तिकै भेटिएका मानव कंकालको रहस्यले सबैलाई आश्चर्यचकित बनाएको छ । सुरुवातमा त्यहा भेटिएका कंकाललाई द्धितीय बिश्वयुद्धका समयमा अड्किएका जापानी सैनिकको हुन सक्ने अड्कल काटिएको थियो । जब ब्रिटिश प्रशासनले अनुसन्धान गरायो त्यसपछि लास निकै पुरानो हुनसक्ने अड्कल काटियो ।manab 5

स्थानियबासीका अनुसार ५०० बर्ष अगाडि धार्मिक यात्रामा निस्किएका तिर्थालुको हुनसक्छ । भारतिय अनलाईन दैनिक भाष्करका अनुसार, ‘रहस्यमै सिमित रुपकुंड झिलमा सिमित मानव कंकाल स्थानियवासीका लागि डरलाग्दो बिषय बनेको छ ।’

सन् २००४ मा नेशनल जियोग्राफि च्यानलले यूरोपियन र भारतिय वैज्ञानिकको सहयोगमा कंकालको डिएनए परिक्षण गरिएको थियो । परिक्षणका अनुसार दुई थरीका शारिरीक बनावट भएका व्यक्तिहरु भएको हुनसक्ने तथ्य सार्वजनिक भएपनि भेटिएका कंकालमा कुनै किसिमको निशान भने भेटिएन ।

manab 7

manab

manb 2


  •  
  •  
  •