सिया विद्रोहीद्धारा यमनका राष्ट्रपतिको कार्यालय कब्जा

105
  •  
  •  
  •  

mansur hadiकाठमाडौ, ७ माघ(एजेन्सी) :  यमनका सिया मुस्लिम विद्रोहीहरुले राष्ट्रपतिको कार्यालय क्षेत्र कब्जा गरेका छन् । समाचारमा जनाइए अनुसार उनीहरुले उक्त क्षेत्रमा अहिले पनि गोलाबारी जारी राखेका छन् ।

सिया मुस्लिमहरूले राष्ट्रपति कार्यालयको सम्पूर्ण भू-भाग आफ्नो कब्जामा लिएको दावी गरेका छन् । उनीहरूले केही दिनदेखीको आफूहरूको प्रयास सफल भएको बताउँदै यमनी राष्ट्रपतिको कार्यालय र निवासकै कयौँ भूभाग आफ्नो कब्जामा रहेको बताएका छन् ।

विद्रोहीहरुले आइतबारदेखि राष्ट्रपतिलाई सत्ताबाट हटाउने प्रयास गरेका छन् । प्रयास स्वरुप उनीहरुले राष्ट्रपति हादीको कार्यालय कब्जामा लिएकामा यस विरुद्ध एकताबद्ध रहन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।

यमनका राष्ट्रपति नै त्यहाँको वैधानिक शक्ति रहेकाले यमनको वैधानिक सरकारका लागि उनको पक्षमा उभिन संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आग्रह गरेको हो ।

राष्ट्रपति कार्यालय विद्रोहीको कब्जामा रहेको खबरले यमनमा अस्थिरता छाएको छ ।

त्यसैगरी, राष्ट्रपति कार्यालय कब्जापछि उनीहरुले राष्ट्रपतिको निवासमा कब्जाको प्रयास गरिरहेका छन् । राष्ट्रपति हाली निवासमै रहेको बताइएको छ ।

उनी सुरक्षित रहेको समाचारहरूमा जनाइएको छ । विद्रोहीले यसरी बलपूर्वक उनको कार्यालय कब्जागरेपछि अवस्थामा अत्यन्तै तनावपूर्ण रहेको अधिकारीहरुले जनाएका छन् ।


  •  
  •  
  •